म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७३ पटक पढिएको
इंग्लिस प्रिमियर लिगका दिग्गज म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आइतबार राति घरेलु मैदानमा साउथह्याम्पटनलाई ४–१ ले हराएको छ ।

सिटीको जितमा रहिम स्टर्लिङ, केभिन डी ब्रुइन, फिल फोडेन र रियाद महाराजले गोल गरे । सिटीका डिफेन्डर एमरिक लापोर्टाले आत्मघाती गोल गरेका थिए ।
अर्को खेलमा लिभरपुलले नटिङ्घम फरेस्टलाई १–० ले हराएको थियो । लिभरपुलको जितको ७८ औं मिनेटमा डिएगो जोटाले निर्णायक गोल गरेका थिए । अर्को खेलमा क्रिस्टल प्यालेसले एभर्टनलाई ४–० ले हराएको छ ।
सेमिफाइनलमा चेल्सी र क्रिस्टल प्यालेस तथा सिटी र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस