मोरङ घटनाका आरोपित ६ जनालाई पक्राउ गरी प्रहरीले थाल्यो अनुशन्धान

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६६ पटक पढिएको

मोरङको लेटाङमा आइतबार भएको झडपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनाबारे सोमबार ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । घटनाबारे प्रहरीले ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

पक्राउ परेकाको नाम मोरङ प्रहरीले गोप्य राखेको छ । केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए । उनले घटनाको छानबिन गरिने बताए ।

आइतबार भएको झडपमा २४ वर्षीय प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि मोरङको लेटाङ–५ खेरुवा आसपासका क्षेत्रमा कर्फ्यु लगाएको छ । 

१२ वर्षीया बालिकालाई शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै आइतबार सर्वदलीय छलफलका क्रममा आक्रोशित भीडको आक्रमणमा परी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित