युद्धका कारण युक्रेनबाट एक करोड मानिस विस्थापित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५० पटक पढिएको

संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायले युक्रेनमा युद्धका कारण घर छाडेर भाग्नेहरूको सङ्ख्या १ करोड पुगेको जनाएको छ। युक्रेनको कूल जनसङ्ख्याको त्यो एक चौथाइ हो।

विस्थापित हुने गति र व्यापकताको हिसाबबाट यो पछिल्ला दशकहरूकै अभूतपूर्व घटना रहेको सो निकायले बताएको छ। विस्थापितहरूमध्ये झन्डै ३५ लाख मानिसले देश नै छाडेका छन्। त्यसको दोबर सङ्ख्याको आन्तरिक विस्थापन भएको छ।

युएनएचसीआरका प्रवक्ताले यसलाई सिरियाली सङ्कटसँग तुलना गरे तर सिरियामा पनि यस्तरी विस्थापन हुन लामो समय लागेको थियो। बीबीसीबाट 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित