चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४६३ पटक पढिएको

युट्युब च्यानलमार्फत पीडितलाई अपमानित गरी चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपाल र एवान् मिडिया च्यानलमार्फत भ्रामक र अनियन्त्रित भनाइ दिएको आरोपमा सुनसरीको बराह क्षेत्र नगरपालिका–१० की ३० वर्षीया शर्मिला वाइवालाई पक्राउ गरेको छ ।

साइबर ब्यूरोका अनुसार उनलाई इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा ४ चैत गते चितवनबाट पक्राउ गरिएको हो । प्रहरीले उनलाई सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति समेत लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित