पहिलो पटक वडा तहमा जनप्रतिनिधि नियुक्त

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७६ पटक पढिएको

नेपाली कांग्रेस स्याङ्जाले ९७ वडामा दलका प्रतिनिधि नियुक्त गरेको छ । वडा तहमा जनप्रतिनिधि नियुक्त भएको यो पहिलो पटक हो । जिल्लाका सबै वडामा एक–एक संयोजकसहित पाँच जनाको टोली छनोट गरिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

केन्द्रले निर्वाचन प्रचारप्रसारका लागि बनाएको नीतिअनुसार कार्यकर्तालाई जिम्मेवारी दिन प्रतिनिधि नियुक्त गरिएको छ । ‘अभियानलाई प्रभावकारी बनाउन प्रतिनिधि नियुक्त गरिएको छ,’ केन्द्रले चुनाव प्रचारका लागि स्याङ्जा पठाएको पौडेलले बताए । कार्यकर्ताले जनतासँग संवाद गर्छन् । यो मूलतः नागरिक संवाद अभियान हो। ‘

कांग्रेसले सच्याउनुपर्ने विषय, स्थानीय समस्या, पार्टी नीति लगायतका विषयमा जनतासँग वार्ता गर्नेछन् । वडा तहमा सञ्चालन हुने कार्यक्रमको ढाँचा तय गर्ने उद्देश्यले उनीहरूलाई त्यहाँ पठाइएको पौडेलले बताए । निर्वाचनमा टिकट वितरण गर्ने बाहेक सबै कार्यक्रम उनीहरुले सञ्चालन गर्नेछन्, उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित