रुसले ३३१ औं गार्ड प्यारासुट असल्ट रेजिमेन्टका कर्नेल सर्गेई सुखरेभ मारिएको पुष्टि गरेको छ
- वर्ल्ड दैनिक
- २ साल अघि
- १८८ पटक पढिएको
रुसको सरकारी टेलिभिजनले ३३१ औं गार्ड प्यारासुट असल्ट रेजिमेन्टका कर्नेल सर्गेई सुखरेभ मारिएको पुष्टि गरेको छ । उनीसँगै स्पेशल फोर्सका मेजर सर्गेई किरिलोभ पनि मारिएका थिए ।
यसअघि कर्णेल सुखरेभ कजाकिस्तानबाट सेनाको नेतृत्व गर्न फर्किँदै गर्दा रुसी टेलिभिजनमा देखा परेका थिए । उनले कजाकिस्तानमा रुसी नेतृत्वको शान्ति सेनाको नेतृत्व गरेका थिए।
बेलायती सञ्चारमाध्यमका अनुसार दुई पक्षबीचको पछिल्लो झडपमा सेनाको गुप्तचर अधिकारी र २२ औं विशेष बल ब्रिगेडका सदस्य सर्गेई विष्णकोभको मृत्यु भएको छ। ३८औँ मोटराइज्ड राइफल ब्रिगेडका सहायक कमाण्डर मेजर रुस्लान पेत्रुखिम पनि मारिएका छन् । ।
डेली मेलले रिपोर्ट गरेअनुसार रुसी सेनाले सैन्य कारबाहीमा कम्तिमा ४ जनरल सहित १३ अधिकारीहरू गुमाएको छ। सुखरेभलाई मार्नुअघि १५०औँ मोटराइज्ड राइफल डिभिजनका मेजर जनरल ओलेग मित्यायेव मारियुपोलमा मारिएका थिए। मेजर जनरल आन्द्रेई कोलेस्निकोभ, मेजर जनरल आन्द्रेई सुखोवेत्स्की र मेजर जनरल भिटाली गेरासिमोभ पनि अपरेशनका क्रममा मारिएका थिए।