आजदेखि देशभरी नै म्यादी प्रहरीको भर्ना खुलाइयो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५८ पटक पढिएको

बैशाख ३० गते हुने भएको स्थानीय तहको निर्वाचनका लागि आजदेखि देशभरी नै म्यादी प्रहरीको भर्ना खुलाइएको छ। भर्नाका लागि विभिन्न ठाउँबाट आएका युवाहरु बिहान ८ बजेदेखि जिल्ला प्रहरी कार्यालय अगाडी लाइन बसेका छन्।

त्यस्तै गरी नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुन पुरुष तथा महिलाहरुको बराबर सहभागिता देखिएको छ। प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार यादवका अनुसार  जिल्लाको ७ स्थानीय तहमा खटाउन १ हजार २९ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको छ।  भर्नाको लागि ११ गते सम्म आवेदन पाइनेछ भने १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको हुनु पर्नेछ।

विशेषगरी भर्नामा देश तथा छिमेकी राष्ट्रका अवकाश प्राप्त पूर्वसुरक्षाकर्मी, वन रक्षक र विगतका निर्वाचनमा म्यादी प्रहरी रहेकालाई प्राथमिकतामा राखिएको छ । आवेदन भरेकाहरुलाई भर्ना छनौटका लागि १५ गते बोलाईएको छ।  छनौटपछि आधारभूत तालिम दिइ निर्वाचनमा खटाइने प्रहरी उपरीक्षक यादवले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित