अवैध रकमसहित एकजना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९५ पटक पढिएको

प्रहरीले अवैध रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-८ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर सहित सोही महानगरपालिका-१३ बस्ने गोरखा बोर्लाङ-८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठले ल्याएको व्यागेज विमानस्थलमा खटिएको प्रहरीले एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित