आफ्नो पार्टी परिवर्तनको वाहक बन्ने प्रचण्डको भनाई

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२५ पटक पढिएको

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पोखरामा पत्रकार सम्मेलनमा बोल्दै आफ्नो पार्टी परिवर्तनको वाहक भएको बताएका छन् । उनले कार्यक्रममा अब हुने निर्वाचन पछी आफ्नो पार्टी देशकै पहिलो पार्टी हुने पनि बताएका छन् । त्यस्का लागी हामि काम गरिरहेका छौँ, उनले थपे । 

उनले सम्पुर्ण समुदायलाई सशक्तिकरण गर्दै अघी बढाउने पनि बताएका छन् । कार्यक्रममा उनले आफ्नै बलमा चुनाव लड्ने बताए । चुनावी गठबन्धनको बारेमा सोध्दा उनले वर्तमान सत्तारुढ गठबन्धनको विकल्प आफूले नसोचेको बताए । तर, धेरै कुरा कांग्रेसमा भर पर्ने उनको भनाइ छ ।

उनले अहिले भर्खरै एमालेसँग गठबन्धन भइहाल्छ भन्न नखोजेको पनि बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित