अरुलाई साथ दिएर मात्र चुनाव जित्न नसक्ने : झलनाथ खनाल

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०० पटक पढिएको

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आ–आफ्नो बलमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । अरुलाई साथ दिएर मात्र चुनाव जित्न नसक्ने बताउँदै उनले कार्यकर्तालाई आफ्नो शक्ति विस्तार गर्न सुझाव दिएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टी गुल्मी सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनका पाँच दलबीच समन्वयको सम्भावना रहेको बताएका हुन् ।

गठबन्धनलाई बलियो बनाउन र विस्तार गर्न नसके उचित सफलता नमिल्ने उनले बताएका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित