नेकपा माओवादी नेता दामोदर आचार्यको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४८ पटक पढिएको

नेपालगञ्ज निवासी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका दामोदर आचार्यको आज निधन भएको छ ।

नेपालगञ्ज नगर कमिटी अध्यक्ष रतन शाहीले दिएको जानकारी अनुसार उनको भेरी अस्पतालमा उपचारका क्रममा ५९ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उनका अनुसार लामो समयदेखि क्यान्सरसँग जुध्दै आएका आचार्य लामो समयसम्म भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किएका थिए ।

स्वास्थ्यमा सुधार भएपछि नेपालगञ्जस्थित घरमै स्वास्थ्य लाभ गरिरहेका उनलाई फेरि बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको थियो । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका आचार्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय पनि भएका थिए । उद्योग क्षेत्रमा लोकप्रिय छवि बनाएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नगर प्रमुखको उम्मेदवार समेत बनेका थिए । न्युज कारखाना 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित