नेपाल र सेशेल्सको द्विपक्षीय भेटवार्ता
- वर्ल्ड दैनिक
- २ साल अघि
- १८४ पटक पढिएको
गणतन्त्र सेशेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गणतन्त्र सेशेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिसिया फानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्सकासँग द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच नेपाल र सेशेल्सको द्विपक्षीय हित र पारस्परिक सम्बन्धका बारेमा छलफल भएको थियो ।

रोजगार तथा सामाजिक मामिला मन्त्री फ्यानकोटसँगको भेटमा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुंगो लगाउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको हो ।
मन्त्री श्रेष्ठले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा लैजान यसअघि प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्तावमा गणतन्त्र सेशेल्सलाई धन्यवाद दिँदै नेपाल सेशेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न तयार रहेको बताए ।
सेशेल्समा हाल एक हजार २ सय ५० भन्दा बढी नेपाली कामदार रहेको बताउँदै मन्त्री फान्कोटले द्विपक्षीय श्रम सम्झौतामार्फत नेपाली ल्याउन सेशेल्स सरकार इच्छुक रहेको बताए । धेरै नेपालीहरु अहिले सेशेल्समा सुरक्षा गार्डको रुपमा कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही कामदार कार्यरत छन् ।