बागबजारको सार्वजनिक शौचालयमा पैसा उठाउने युवकको हत्या

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८८ पटक पढिएको

काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा ५–६ जनाको समुहले कुटेर युवकको हत्या गरिएको छ । चैत ३ मा समुहले कुटेर खोटाङ घर भएका २९ वर्षीय रोशन राईको हत्या गरेका हुन् ।

सार्वजनिक शौचालयमा पैसा उठाउने रोशन र अर्को एकजना युवकको बिचमा शुरुमा झगडा भएको थियो । झगडा गर्ने युवकले आफ्नो समूह बोलाएर रोशनलाई मरणासन्न हुनेगरी कुटेका थिए । उपचारको क्रममा रोशनको शुक्रवार ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।

हत्यामा संलग्न युवकहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित