नेपालले हराएका दुई वटा कलात्मक साँस्कृतिक सम्पदा पायो
- वर्ल्ड दैनिक
- २ साल अघि
- १३३ पटक पढिएको
नेपालले हराएका दुई वटा कलात्मक साँस्कृतिक सम्पदा पाएको छ। बेलायतले नेपाललाई उक्त साँस्कृतिक सम्पदा हस्तान्तरण गरेको हो ।
लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् । लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित कार्यक्रममा उक्त सम्पदा हस्तान्तरण गरिएको हो ।
नेपाललाई हस्तान्तरण गरिएका कलाकृतिमा सोर्हौँ शताब्दीमा काठमा कुँदिएको तोरन र अठारौँ शताब्दीमा नमस्कार मुद्रामा घुँडा टेकेको भक्तको ढुंगाको मुर्ति समावेश छ। सन् १९९० को दशकमा हनुमान ढोका दरबार क्षेत्रबाट उक्त मुर्तिहरु हराएका थिए। ती सामाग्री नेपाल सरकारलाई पुरातत्त्व विभागमार्फत शीघ्र हस्तान्तरण गरिने दूतावासले जनाएको छ।
प्रतिक्रिया दिनुहोस