दोलखा पुगे देउवा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११० पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान हेलिकप्टरबाट दोलखा पुगेका छन् । उनको सचिवालयले देउवाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गर्ने  जनाएको छ ।

देउवाले शनिबार रामेछाप पुगेर खिम्ती विद्युत् सबस्टेसनको पनि उद्घाटन गर्ने कार्यक्रम छ ।

माथिल्लो तामाकोशीको क्षमता ४५६ मेगावाट छ । नेपाल विद्युत प्राधिकरणका अनुसार खिम्ती सबस्टेसनको क्षमता २२०१३२ केभी छ । प्राधिकरणका अनुसार केन्द्रीय विद्युत प्रणालीमा जोडिने यो दोस्रो ठूलो सबस्टेसन हो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित