फेसबुकको मेटा प्लेटफर्म विरुद्ध मुद्दा दायर
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९८ पटक पढिएको
अष्ट्रेलियाले शुक्रबार फेसबुकको मेटा प्लेटफर्म विरुद्ध मुद्दा दायर गरेको छ । सामाजिक सञ्जालको प्रयोग गरेर प्रसिद्ध अस्ट्रेलियन व्यक्तिहरूको प्रयोग गरी नक्कली विज्ञापन गरेको भन्दै अष्ट्रेलियाले आपत्ती जनाएको हो ।
अस्ट्रेलियन प्रतिस्पर्धा र उपभोक्ता आयोग ( एसीसीसी )ले त्यस्ता विज्ञापनहरूले क्रिप्टोकरेन्सी वा पैसा कमाउने योजनाहरूमा लगानीलाई समर्थन गरेको बताएको छ ।
अस्ट्रेलियन प्रतिस्पर्धा र उपभोक्ता आयोगका अनुसार संघीय अदालतमा दायर गरिएको मुद्दामा फेसबुकले विज्ञापनदाताहरूद्वारा गलत वा भ्रामक आचरण फैलाएको बताइएको छ ।
एसीसीसीका अध्यक्ष रोड सिम्सले फेसबुकले जानीजानी यस्तो विज्ञापन गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस