एक चीनिया कम्पनीलाई केन्द्रीय बैंकको नियम तोडेको भन्दै जरिवाना

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११० पटक पढिएको

चीनिया कम्पनी टेन्सेन्ट होल्डिङ्स लिमिटेडलाई केन्द्रीय बैंकको नियम तोडेको भन्दै जरिवाना लगाइएको छ। कम्पनीले " वी च्याट पे मोबाईल नेटवर्क " मार्फत केन्द्रीय बैंकको नियम उल्लंघन गरेको बाल स्ट्रीट जर्नलले मंगलबार समाचार प्रकाशित गरेको छ।

वित्तीय नियामकहरुले ”वी च्याट” ले चीनको एन्टी मनि लन्डरिङ नियमहरुको दुरुपयोग गरेको बताएका छन् । तर चीनको केन्द्रीय बैंक ‘पिबिओसी’ ले उक्त कुरा प्रष्ट नपारेको रोयटर्सले जनाएको छ।

पिबिओसिले सन् २०२१ को अन्त्यमा समाप्त भएको ”वी च्याट पे” को नियमित निरीक्षणको क्रममा उल्लंघनहरु पत्ता लगाएको जर्नलले जनाएको छ। जर्नलको एक रिपोर्टअनुसार मोबाइल भुक्तानी नेटवर्कले जुवा खेल्ने जस्ता अबैध लेनदेनको साथ रकम हस्तान्तरण र लन्डरिङ लाई अनुमती दिएको बताइएको छ।

गत बर्ष चीनले अलिबाबा ग्रुप होल्डिङ लिमिटेडलाई कम्पनीको एकाधिकार बिरोधी उल्लंघनका लागि १८ बिलियन युआन जरिवाना गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित