न्यूजिल्याण्डको समुद्री तटमा कम्तिमा ३१ ह्वेलको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १३५ पटक पढिएको

ह्वेलका लागि मर्ने ठाउँ मानिने न्यूजिल्याण्डको समुद्री तटमा कम्तिमा ३१ ह्वेलको मृत्यु भएको छ । न्युजिल्याण्डको साउथ आइल्याण्डको तटमा ह्वेल मरेका छन् । पहिलो पटक न्युजिल्याण्डका वन्यजन्तु अधिकारीहरुले साउथ आइल्याण्डको फेयरवेल स्पिटको क्षेत्रमा मरेका ह्वेल फेला पारेका हुन् ।

उद्धारकर्ताहरूले केही ह्वेलहरूलाई उद्दार गरि समुद्रमा छोडेका छन्  । ह्वेल मर्नु दुर्भाग्यपूर्ण भए पनि ह्वेल पानीबाट बाहिर निस्किएर समुद्र तटमा मर्नु स्वभाविक भएको अधिकारीहरुले बताएका छन् ।

करिब ७०० ह्वेल सन् २०१७ को फेब्रुअरीमा समुद्री किनारमा आएका थिए, तीमध्ये २५० वटाको मृत्यु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित