नयाँ प्रावधानको प्रस्ताव;महिलाहरुले पुन:विवाह गरेमा पूर्वपतिबाट पाएको अंश फिर्ता गरिनुपर्ने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३७१ पटक पढिएको

बिहिबार सुरु भएको छलफलबाट नेपाल कानुन आयोगले सम्बन्धविच्छेद गरिसकेका महिलाहरुले पुन:विवाह गरेमा पूर्वपतिबाट पाएको अंश फिर्ता गरिनुपर्ने नयाँ प्रावधानको प्रस्ताव अघि सारेको छ । आयोगले मुलुकी देवानी संहिता ऐन– २०७४ को संशोधनको प्रस्ताव अघि बढाउदै  ऐनको दफा १०३ मा नयाँ व्यवस्था थप्न सुरसार गरेको हो । उक्त प्रस्तावमा ‘अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतिका तर्फबाट छोरा छोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्वपति वा पूर्वपतिका अंशियारले पाउनेछन्’ भन्ने व्यवस्था उल्लेख गरिएको छ ।

नेपाल कानुन आयोगका अध्यक्ष जागेश्वर सुवेदीका अनुसार कानुन मन्त्रालयको आग्रहमा आयोगले कानुन संशोधनका विषयमा अध्ययन गर्ने बताएका छन् । उनले भर्खर प्रारम्भिक छलफल मात्र भएको र उक्त प्रस्ताव कानुन मन्त्रालय सम्म पुग्न अझै समय लाग्ने बताउदै आफुहरुले मस्यौदा मात्रै बनाइदिएको र आयोग आफैंले कानुन परिमार्जनको काम नगर्ने समेत बताएका छन् । 

सामान्य छलफलका क्रममा आएको प्रस्ताव एकदमै प्रारम्भिक चरणमा रहेको जनाएका छन् । "महिलाले पाएको अधिकार हामीले खोस्न खोजेको होइन,अलिकति केही अधिकार दुरुपयोग भयो कि भनेर अंकुश लगाउन खोजेको हो",उनले भने । साथै, अंशमा पाएको सम्पत्ति खर्च गरिसकेको वा मासिसकेको भए फिर्ता गर्नु नपर्ने तर यदि बाँकी रहेमा फेरि अर्कोतिरबाट पनि अंश पाउने भएकाले विकृति हुन्छ कि भन्ने सोचका साथ यो प्रस्ताव पेश गरिएको अध्यक्ष सुवेदीको भनाइ रहेको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित