एकदिवसीय क्रिकेटमा नेपाल र युएई भिड्दै

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २५२ पटक पढिएको

नेपालले आईसीसी  विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको संघर्षपूर्ण जितपछि आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दैछ ।

शारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल लगातार दोस्रो पटक सिरिज जित्ने बाटोमा छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो ।

पहिलो खेलमा पीएनजीलाई ७ विकेटले पराजित गरेको युएईले पनि लगातार दोस्रो पटक उपाधि जित्ने योजना बनाएको छ । 

एकदिवसीयमा नेपाल र युएई अहिलेसम्म चार पटक भिडेका छन् । जसमा नेपाल र युएई दुवै दुई पटक विजयी भएका छन् ।

लिगमा युएई १५ मध्ये ८ खेल जितेर १८ अंकसहित दोस्रो स्थानमा छ । नेपाल ९ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित