युक्रेनसँग शान्ति सम्झौताको माग गर्दै रुस, यस्ता छन् मागहरु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९४ पटक पढिएको

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षीसँग युक्रेनसँग शान्ति सम्झौताको माग गरेका छन् । बिहीबार टेलिफोन वार्ताका क्रममा पुटिनले रिसेप तैयप एर्दोगानलाई रुसका ठोस मागहरूबारे बताएका हुन्।

बीबीसीका अनुसार दुई राष्ट्रपतिबीचको कुराकानी एर्दोगानका प्रमुख सल्लाहकार इब्राहिम कालिनसँगको कुराकानीमा आधारित थियो।

रुसको माग के छ ?

– युक्रेन तटस्थ रहनुपर्छ र उत्तर एट्लान्टिक सन्धि संगठनमा नेटोको सदस्यताको लागि अघि बढ्नु हुँदैन।

– युक्रेनले रुसको लागि खतरा नहोस् भन्ने कुरा सुनिश्चित गर्न निशस्त्रीकरणको प्रक्रियामा जानुपर्छ।

– रुस युक्रेनले देशको पूर्वी भाग छाडोस् भन्ने चाहन्छ ।

– युक्रेनले क्रीमियालाई रुसको क्षेत्रको रूपमा मान्यता दिनुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित