सुनको मुल्य प्रतितोलामा एक हजार २०० रुपैयाँले गिरावट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११९ पटक पढिएको

सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले घटेर आज ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार एक लाख ५०० मा कारोबार भइरहेको सुन आज तोलामा एक हजार २०० ले घटेर तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको तुलनामा बुधबार तोलामा १२ सय रुपैयाँले गिरावट आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा १२ सय रुपैयाँले घटेर ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित