स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २२७ पटक पढिएको

नेपालमा स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी पुराउन माग गरेपछि लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ ।

खुलामा १६५ जनाको सिट रहेको छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा ७ र पिछडिएका क्षेत्रमा ५ सिट कायम गरिएको छ ।

आवेदकले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् भने १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउने भएका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित