पीएनजीविरुद्ध टस हारेर नेपाल फिल्डिङमा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २१० पटक पढिएको
युएईको सारजाँह रंगशालामा विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्दैछ । नेपालले टस हारेपछि पहिले फिल्डिङ गर्ने तथा पीएनजीले ब्याटिंग गर्ने भएको छ ।

नेपालको टिममा आज सागर ढकालले एकदिवशीय अन्तर्राष्ट्रिय डेब्यू गर्दैछन् । अफ स्पिनर सागरले अघिल्लो महिना चारदेशीय शृंखला अन्तर्गत ओमानसँगको खेलमा टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । घरेलु क्रिकेटमा विभागीय टोली नेपाल पुलिसबाट खेल्ने उनले दुईवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ६ महिनापछि नेपालले एकदिवशीय अन्तर्राष्ट्रि क्रिकेट खेल्न लागेको हो ।
नेपाली टोलीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख, सागर ढकाल, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल र सोमपाल कामी रहेका छन् । नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ । नेपालले यसअघि पीएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ ।