९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११९ पटक पढिएको

उदयपुर, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-५ घुम्ने लालिगुँरास टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनएको छ । नेपाल प्रहरीबाट 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित