नेपाल र साउदी अरबबीच सामान्य सहयोग सम्झौता
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १३५ पटक पढिएको
नेपाल र साउदी अरबबीच सामान्य सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

मंगलबार बिहान सिंहदरबारमा परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्रमन्त्रीबीच भएको भेटमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपालका तर्फबाट नारायण खड्का र साउदी अरबका तर्फबाट साउदीका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार साउद नेपालको दुईदिने भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका छन् ।
उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस