सुनको मुल्य प्रतितोलामा एक हजार ८०० रुपैयाँले गिरावट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११२ पटक पढिएको

सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेर आज एक लाख पाँच हजारमा कारोबार भएको छ । सोमबार एक लाख दुई हजार ३०० मा कारोबार भइरहेको सुन आज तोलामा एक हजार ८०० ले घटेर तोलाको एक लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार ८०० रुपैयाँले घटेर एक लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । हिजो तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी एकैदिन तोलामा ३५ रुपैयाँले घटेर एक हजार ३८० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित