म्याड्रिडको जीतमा बेन्जेमाले गरे दुई गोल
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०४ पटक पढिएको
करिम बेन्जेमाको दुई गोल र भिनिसियस जुनियरको एक गोलको मद्दतमा रियल म्याड्रिडले सोमबार राति स्पेनिस ला लिगामा मल्लोर्कालाई ३–० ले हराएर शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।
पहिलो हाफ बराबरीमा सकिएपछि रियलले दोस्रो हाफमा तीन गोल गरेको थियो । जितसँगै रियलले २८ खेलबाट ६६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको सोही खेलबाट ५६ अंक छ । हार बेहोरेको मल्लोर्का २६ अंकसहित १६ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस