अवैध लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२० पटक पढिएको
मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाट भन्ने स्थानबाट करिब १ ग्राम ६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ बोकेको ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई नगद १ लाख ५ हजार रुपैयाँ सहित हिरासतमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-९ बस्ने ३८ वर्षीय सन्दिप खड्का र अरु नाम नखुलाईएका ३ जना रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस