टोरिनोलाई हराउदै साविक इन्टर मिलान बिजयी
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४०३ पटक पढिएको
आइतबार राती इटालियन सिरी ‘ए’मा टोरिनोलाई हराउदै साविक इन्टर मिलानले जित हात पारेको छ। एलेक्सिस सान्चेजले इन्जुरी समयमा गरेको गोलबाट इन्टर मिलान टोरिनोसँग हारबाट जोगिएको हो।

घरेलु टोली टोरिनोले ग्लेसन ब्रेमरको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो । पाँच मिनेटको इन्जुरी समयमा सान्चेजले तेस्रो मिनेटमा गरेको गोलबाट इन्टर हारबाट जोगिएको हो । बराबरीसँगै साविक विजेता इन्टर तेस्रो स्थानमा झरेको छ ।
इन्टरले २८ खेलबाट ५९ अंक जोडेको छ । जुन शीर्ष स्थानको एसी मिलानभन्दा चार अंकले पछाडि हो । तथापी इन्टरले एक खेल कम खेलेको छ । हार बेहोरेको टोरिनो भने ३५ अंकका साथ ११औं स्थानमा छ । ईएसपीएनबाट
प्रतिक्रिया दिनुहोस