सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँले गिरावट
- वर्ल्ड दैनिक
- २ साल अघि
- २४५ पटक पढिएको
सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर सामान्य ओरालो लागेको छ । आइबार तोलाको एक लाख दुई हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ५०० रुपैयाँले घटेर एक लाख दुई हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
![](https://worlddainik.com/wp-content/uploads/2022/06/dhara.gif)
आइतबार तोलाको एक लाख दुई हजार ३०० मा कारोबार भएको तेजावी सुनमा पनि आज ५०० रुपैयाँले घटेर एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस