कोरियामा नेपाली कामदारलाई रोजगारी
- वर्ल्ड दैनिक
- २ साल अघि
- २७१ पटक पढिएको
कोरियाले करिब १० हजार नेपाली कामदारलाई रोजगारी दिने भएको छ । भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये दुईवटा क्षेत्रमा नम्बर लिइनेछ ।
परीक्षामा बढी अंक ल्याउनेलाई पहिलो प्राथमिकता दिइने इपिएस कोरिया शाखाले जनाएको छ । रोस्टरमा सूचीकृत ९ हजार ६ सय ५४ कामदारमध्ये औद्योगिक क्षेत्रमा ६ हजार ९ सय १३ र कृषि क्षेत्रमा २ हजार ७ सय ४१ कामदारको नतिजा प्रकाशित हुनेछ । श्रमिकको माग अनुसार संख्या पनि बढ्न सक्छ ।
परीक्षामा एकजनाले एउटा क्षेत्रमा मात्र फारम पाउनेछन्। उत्पादनशील क्षेत्रको लागि फारम भर्दा, सभा, प्रमुख र जोडिने मध्ये एक छनोट गर्नुपर्छ। कृषि र पशुपालनको क्षेत्रमा, आवेदकले कृषि र पशुपालन मध्ये एक छनोट गर्नुपर्नेछ।
वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गर्दै आगामी पुस १४ देखि २१ गतेसम्म आवेदन खुल्ला हुने जानकारी दिएको छ । १८ वर्ष उमेर पूरा गरेका र ३९ वर्ष नपुगेका नेपाली नागरिकले अनलाइनबाटै आवेदन दिन सक्नेछन् ।
कोरियामा काम गर्न चाहने नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्ने भएको छ । कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा तथा सीप परीक्षा वैशाख २९ गतेदेखि १३ गतेसम्म र दोस्रो परीक्षा असार २४ गतेदेखि साउन १६ गतेसम्म हुने भएको छ । उत्पादनशील क्षेत्रको प्रथम भाषा तथा सीप परीक्षण असार २० गतेदेखि भदौ १० गते र दोस्रो परीक्षा सेप्टेम्बर १६ देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।