प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा विरुद्ध महाभियोग प्रस्तुत

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३५ पटक पढिएको

आइतबार बसेको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा विरुद्ध महाभियोग प्रस्तुत गरेका छन् । उनले प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच सो महाभियोग प्रस्तुत गरेका हुन् । सो महाभियोग प्रस्तावमा  माओवादी केन्द्रका सचेतक देवप्रसाद गुरुङ्ग, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, र नेकपा एकीकृत समाजवादीका सचेतक जीवन राम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसदहरुको समर्थन रहेको थियो ।

प्रधानन्यायाधीश राणामाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव भएको, खराव आचरण भएको, इमान्दारितापूर्वक आफ्नो पदीय कर्तब्य पूरा नगरेको र आचार संहिताको गम्भीर उल्लंघन गरेको आरोप लगाइएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक चैत २ गते बस्नेगरी स्थगित भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित