जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९५ पटक पढिएको

जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु हुँदै छ ।

आजदेखि काठमाडौंमा बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा पार्टीको सहभागिताबारे छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

उनले बैठकमा स्थानीय निर्वाचन निर्देशिका पेस गरी छलफल गरी पारित गरिने बताए । बैठकमा पार्टीको आन्तरिक सांगठनिक विषयमा पनि छलफल हुने प्रचार विभागका प्रमुख खतिवडाले जानकारी दिए ।

प्रचार विभागका प्रमुख खतिवडाले आजको बैठकमा केही निश्चित एजेण्डाका आधारमा छलफल हुने बताए । यो बैठक भोलिसम्म चल्नेछ । यसमा ४ मुख्य एजेन्डा छन्। पहिलो एजेन्डा आगामी स्थानीय चुनावमा पार्टीले कसरी भाग लिने भन्ने हो ।

उनका अनुसार नवराज सुवेदीले प्रस्तुत गर्दैछन् । ‘हामीले छलफल गरेर पारित गर्छौं,’ उनले भने । दोस्रो कार्यसूची हाम्रो पार्टीको आन्तरिक सांगठनिक जीवनसँग सम्बन्धित केही सांगठनिक प्रस्तावहरू हुनेछन्। तेस्रो, देशको वर्तमान राजनीतिक अवस्थाबारे एउटा प्रस्ताव पारित गर्नेछौं। "

केन्द्रीय समितिको दुईदिने बैठकमा देशको राजनीतिक र समसामयिक विषयमा पनि छलफल हुने खतिवडाले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित