ठगीको आरोपमा पक्राउ
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४०६ पटक पढिएको
काठमाडौंमा लुकेर बसेका ठेकेदार अनुप पाण्डे ठगीको आरोपमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शनिवार बिहान लुकिछिपी बस्दै आएका पाण्डेलाई पक्राउ गरेको हो ।

झण्डै ६ करोड ठगी गरेको भन्दै उनीविरुद्ध विभिन्न व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए । सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
पाण्डेलाई तुलसीपुर–घोराही चार लेन सडक निर्माणको जिम्मा दिइएको थियो । तुलसीपुर उपमहानगरपालिकाका मेयर तथा एमाले नेता घनश्याम पाण्डेका छोरा समेत रहेका पाण्डेविरुद्ध उजुरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस