भारतद्वारा पाकिस्तानमाथि ‘असावधानीवश’ क्षेप्यास्त्र प्रहार
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३१४ पटक पढिएको
भारतले आफूले भुलवश पाकिस्तानमा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। बुधवार नियमित मर्मत सम्भारको क्रममा "प्राविधिक त्रुटि"का कारण दुर्घटना भएको भारतको दाबी रहेको छ। दिल्लीले यो निकै "पश्चात्तापपूर्ण" घटना भएको बताउँदै र दुर्घटनामा परी कसैको पनि मृत्यु नभएकोमा राहत व्यक्त गरेको छ।

यता पाकिस्तानी सेनाले भने पूर्वी सहर मियाँ चान्नु नजिकै एक "उच्च गतिमा उडेर आएको वस्तु" दुर्घटनाग्रस्त भएको र त्यसको उडान मार्गले यात्रुहरूको उडानलाई जोखिममा पारेको बताएको छ।
भारतको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा, "सन् २०२२ को मार्च ९ मा नियमित मर्मत सम्भारको क्रममा देखिएको प्राविधिक समस्याले क्षेप्यास्त्रको आकस्मिक प्रहार निम्त्यायो। यसप्रति भारत सरकारको गम्भीर ध्यानाकर्षण भएको छ र घटनाबारे सोधपुछका लागि उच्च स्तरीय अदालतलाई आदेश दिएको छ।" भन्दै लेखिएको छ। बीबीसी नेपालीबाट