रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ५९ पटक पढिएको

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसमाथि नयाँ प्रतिबन्धको घोषणा गरेका  छन् । रुसको तल्लो सदन डुमाका ३८६ सांसदहरूलाई लक्षित गर्दै उनले नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । 

डुमाका सबै सांसदहरूले युक्रेन हमलामा राष्ट्रपति पुटिनको कदमलाई समर्थन गरेका थिए। बेलायतको बिदेशमन्त्रालयका अनुसार कुनै पनि रसियन नागरिकहरुले बेलायतको भ्रमण गर्न र बेलायतको कुनै पनि सम्पत्तिमा पहुँच राख्न नसक्ने भएका छन् । 

बेलायती नागरिकहरुले प्रधानमन्त्री जोनसनलाई बेलायतका धनी बर्गहरुको पैसामा आँखा लगाएको आरोप लगाएका छन् । अहिले रुस र युक्रेनको युद्द चरम अवस्थामा पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित