सुनको मूल्य तोलामा आज ६ सय रुपैयाँले बढ्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८५ पटक पढिएको

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित