रुसले युद्धविरामको उल्लंघन गर्यो : जेलेन्स्की
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०० पटक पढिएको
भोलोदोमिर जेलेन्स्कीले रुसले युद्धविरामको उल्लंघन गरेको बताएका छन् । उनका अनुसार रुसी सेनाले मानवीय सहायताकर्मीमाथी आक्रमण गरेका छन् ।

उनले रुसको उक्त कदमलाई अमानवीय भनेका छन् । रुसी सैनिकको आक्रमणका कारण शहरमा खाना, पानी र औसधि वितरण गर्न असहज भएपछि ठूलो संकट भोग्न परेको जेलेन्स्कीले बताएका छन् ।
अहिले युक्रेनको शहर मारीओपोलको अवस्था एकदम नाजुक बनेको र मोबाइल सम्पर्कमा पनि समस्या आएको एक युक्रेनी सांसदले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस