साउदीमा कोभिडको नियम खुकुलो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४५ पटक पढिएको

साउदीमा अब कोभिडको नियम खुकुलो हुने भएको छ । बिभिन्न कामले गर्दा साउदी जानेहरुले अब पिसिआर नगरे पनि हुने भएको छ । साउदीस्थित नेपाली दूतावासले जनाएअनुसार होम क्‍वारेन्टाइन वा संस्थागत क्वारेन्टाइनमासमेत बस्न नपर्ने भएको छ ।

त्यसैगरी भिजिट भिसामा जानेको हकमा भने उनिहरुले कोभिड संक्रमण उपचार खर्च कभर गर्ने स्वास्थ्य वीमा गरेको हुनुपर्नेछ । बाहिर हिँडडुल गर्दा मास्कको प्रयोग नगरेपनी हुने भएको छ । तर सरकारी कार्यालय, डिपार्टमेन्ट स्टोर, अस्पताल,  जीमखाना जस्ता अन्य पसलमा जाँदा भने अनिवार्य मास्क लगाउनुपर्ने छ ।

दूतावासकाअनुसार सभा-सम्मेलन, भेला जस्ता कार्यक्रममा उपस्थित हुँदा भौतिक दूरी कायम गर्नुपर्ने छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित