सुनको मूल्य एकैदिनमा तोलाको ३,५०० ले घट्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५८ पटक पढिएको

बुधबार नयाँ रेकर्ड बनाउँदै एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज (बिहीबार) एक लाख दुई हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य एकैदिन तोलामा तीन हजार ५०० रुपैयाँले घटेको छ ।छापावाला सुन एक लाख दुई हजारमा कारोबार हुँदा तेजावी सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक लाख पाँच हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य तीन हजार ५०० रुपैयाँले घटेको हो ।

सुनसँगै आज चाँदीको मूल्य पनि एकैदिन ४५ रुपैयाँले घटेको छ । बुधबार तोलाको एक हजार ४५० मा कारोबार भएको चाँदी आज एक हजार ४०५ मा कारोबार भइरहेको सुन चाँदी व्यावसायिक महासंघले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित