करिम बेन्जेमा चम्किदा रियल म्याड्रीड सहज जित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६९ पटक पढिएको

फ्रेन्च फरवार्ड करिम बेन्जेमा चम्किदा रियल म्याड्रीडले सहज जीत निकालेको छ । अन्तिम १६ को दोस्रो लेगमा म्याड्रीडले  पिएसजी बिरुद्ध ३-१ अन्तरको जीत निकालेको हो। उक्त जीतसँगै रियल म्याड्रीडले क्वाटरफाइनल यात्रा तय गरेको छ। 

बुधबार राति भएको खेलमा करिम बेन्जेमाले ह्याटि्रक गरेका थिए। पिएसजीको तर्फबाट भने किलियन एम्बाप्पेले गोल गरेका थिए । यो हारसँगै पिएसजी क्वाटरफाइनलबाटै बाहिरिएको छ। 

आज राति सम्पन्न अर्को खेलमा म्यान्चेस्टर सिटि र स्पोर्टिङ लिस्बनले बराबरी खेलेका थिए। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित