रुसी सेनाले आक्रमण गर्दा तीन जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२८ पटक पढिएको

सुमि क्षेत्रको उत्तर-पुर्वी शहरमा रुसी सेनाले आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ। युक्रेनी अधिकारीहरुका अनुसार उनिहरुले ओख्तिरकामा आक्रमण गरेका थिए।

आक्रमणमा परि ज्यान गुमाउनेमा एक वर्षकि बालिका र दुई महिला रहेका छन् । साथै रुसी सेनाले युक्रेनको आवसीय क्षेत्रका साथै ग्यास पाइपलाइनमा पनि आक्रमण गरेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।  तर रुसी सेनाले आक्रमणबारे कुनै जिम्मा लिएको छैन । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित