जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २५४ पटक पढिएको
जर्मन क्लब बायर्न म्युनिखले सानदार जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकले जर्मन क्लब युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बायर्नले प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा गएराति अष्ट्रियन क्लब साल्जवर्गमाथि ७–१ को सानदार जित निकालेको हो। पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको बायर्नले दोस्रो लेगमा एकपक्षीय जित निकाल्दै समग्रमा ८–२ को जितसहित च्याम्पियन्स लिगका अन्तिम आठमा पुगेको छ।
घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नलाई जिताउन लेवान्डोस्कीले ह्याट्रिक गर्दा थोमस मुलरले दुई तथा सर्ज जिनाब्री र लिरोए सानेले समान एक-एक गोल गरेका थिए। पहिलो हाफमा ४ गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल थप्दै फराकिलो जित आत्मसात गरेको हो।
प्रतिक्रिया दिनुहोस