सुनको मूल्यले नयाँ कीर्तिमान कायम

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२५ पटक पढिएको

बुधबार एकैदिनमा २५०० ले बढेर प्रति तोलाको १  लाख ५ हजार ५०० रुपैयाँ पुगेर नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन प्रति तोला १ लाख ३०० हजार रुपैयाँ कायम गरेको थियो।

यस्तै,आज तेजाबी सुन प्रति तोला १ लाख ५ हजार रुपैयाँमा कारोबार हुने भएको छ। सुनको मूल्‍यसँगै  चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर  १४ सय ५० पुगेको छ। मंगलबार चाँदी तोलाको १४ सय १० रुपैयाँमा खरिद बिक्री भएको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित