रुसको भीषण बमबारीपछि सुमीबाट ५ हजार मानिस खाली गरियो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३५ पटक पढिएको

युक्रेनमा केही दिनदेखि रुसको भीषण बमबारीमा परेको उत्तरपूर्वी सहर सुमीबाट करिब ५ हजार मानिस युक्रेनी अधिकारीको सहयोगबाट अन्यत्र सारिएको छ। सुमीका गभर्नरका अनुसार मंगलबार खोलिएको मानवीय कोरिडोर बुधबार सम्म जारी रहने भएको छ।

यसैबीच मस्कोले कीभ र मारिउपोल लगायतका शहरहरूमा अर्को मानवीय युद्धविराम घोषणा गरेको छ। रसियाले बमबारीमा परेका शहरहरूबाट मानिसहरूलाई बाहिर निकाल्न धेरै युद्धविराम घोषणा गरे तापनि यो पहिलो सफल सामूहिक निकासी थियो। रुसले आक्रमण गरेपछि २० लाख शरणार्थी देश छोडेर भागेको राष्ट्रसंघले जनाएको छ।

टर्कीका अधिकारीले दिएको जानकारीअनुसार फेब्रुअरी २४ देखि आइतबारसम्ममा युक्रेनबाट भागेर २० हजार ५ सय ५० जना नागरिक टर्की पुगेका छन्। बीबीसीबाट 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित