टोटनह्यामको एभर्टनमाथि सहज जित
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १०६ पटक पढिएको
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले सहज जित हात पारेको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनमाथि ५–० को फराकिलो अन्तरको जित हात पारेको हो।

टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सेन हेङ–मिन र रिगुइलोनले एक–एक गोल गरेका थिए। एभर्टनका डिफेन्डर माइकल केनले खेलको १४ औं मिनेटमा आत्मघाती गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए।
यो जितपछि २६ खेलबाट ४५ अंकसहित टोटनह्याम सातौं स्थानमा कायमै रहेको छ । रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको एभर्टन २५ खेलबाट २२ अंकसहित १७ स्थानमा रहेको छ। लिगमा ६९ अंकसहित म्यान्चेष्टर सिटी शीर्ष स्थानमा कायमै रहँदा लिभरपुलले आफ्नो खातामा ६३ अंक थपेको छ। ईएसपीएनबाट
प्रतिक्रिया दिनुहोस