रुसी सेनाका जनरल खार्किभको लडाइँमा मारिए : युक्रेनको दाबी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६२ पटक पढिएको

युक्रेनको खार्किभ नजिकै भएको लडाइँमा एक रूसी जनरल मारिएको युक्रेनी सेनाको सैन्य गुप्तचरले दावी गरेको छ। युक्रेनी रक्षा मन्त्रालयको खुफिया शाखाका अनुसार ४१औं सेनाका प्रमुख मेजर जनरल भिटाली गेरासिमोभलाई पूर्वी युक्रेनी सहर खार्किभ बाहिर अन्य वरिष्ठ अधिकारीहरूसँग मारिएको बताएको छ।

मन्त्रालयद्वारा प्रसारण खबरमा दुई रूसी एफएसबी अफिसरहरू बीच भएको कुराकानीमा मृत्युको बारेमा छलफल भएको थियो। त्यस्तै भ्लादिमिर पुटिनको युक्रेन आक्रमणमा एक साताभित्रै मर्ने ४१ औं सेनाका गेरासिमोभ दोस्रो रुसी जनरल भएका छन्।

मार्चको सुरुमा, उप कमाण्डर, मेजर जनरल आन्द्रेई सुखोवेत्स्कीको मृत्यु भएको रूसी मिडियाले मारिएको पुष्टि गरेको थियो। बीबीसीबाट 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित