जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११३ पटक पढिएको

रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका छन्।  जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरु समक्ष अनुरोध गरेका हुन्।

रुसमा उत्पादित सामग्री बहिस्कार गर्न र त्यहाँको तेल आयात नगर्नसमेत उनले विभिन्न राष्ट्रसंग अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए ।

यसैबीच रुसी सेनाको हमलामा दशौँ हजार सर्वसाधारण विभिन्न सहरमा फसेको विवरण सार्वजनिक भएका छन् । रुस र युक्रेन सरकारका प्रतिनिधिबीच यसअघि भएका वार्ता बिनानिष्कर्ष टुंगिए पछि फेरी तेस्रो चरणको वार्ताको तयारी भएको छ । बीबीसीबाट 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित