सुनको मूल्य १ लाख ३ हजार पुग्यो,चाँदीको भाउ लगातार बढ्दै
- वर्ल्ड दैनिक
- २ साल अघि
- ११५ पटक पढिएको
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १ लाख ३ हजार रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा सोमबार तोलामा १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । सोमबार १४२५ रुपैयाँ प्रतितोला कारोबार भएको छ ।
यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला १४१५ रुपैयाँ थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा असर परेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस